साहित्य कला सँस्कृतिमा रुचि राख्ने बिद्यार्थि रामकुमार श्रेष्ठ (राम बिनय) बाल्यकाल देखि नै यस तर्फ आर्कषित भएर लागेका हुन।
बाल्यकालमा ४ मा पढदा कक्षाको मोनिटरमा नियुक्त भएको देखि बिभिन्न समयमा नाटक मन्चन देखि बिभिन्न कृयाकलापहरुमा सक्रिए रहे। सामाजिक अभियान्ता सँगठकको रुपमा आफुलाई बिकास गरे। त्यसैको अनुभबको आधारमा बिभिन्न साहित्यिक, सामाजिक, आर्थिक, राजनैतक रचनाहरुको सृजना पनि गरे। कृषि विकास बैँकमा उस्ले २५ बर्ष सेवा गरको समयमा आफुलाई सामाजिक अभियान्ताकोरुपमा काम गरे।
२०५४ साल माघ देखि उ हाल सम्म साहित्य सन्ध्याको अध्यक्षको रुपमा र उ जन साहित्यिक मन्चका सँस्थापक अध्यक्ष बनेका थिए भने बिगत केही बर्ष देखि जन साहित्यिक मन्च, नेपालको अध्यक्ष भएर साहित्यिक अभियान्ताको रुपमा रहेका छन। हाल अहिले एकिकरण पछि उस्लाई जन साहित्य लेखक सँघको सँयोजकको जिम्मेवारी प्राप्त भएको छन।
राम बिनय २०७६ मार्ग देखि नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ सभा सदस्यमा मनोनित भएकाछन। हाल उ स्वाबलम्बन लघुबित्त सँस्था लि को सँचालक समितिको अध्यक्षको रुपमा कार्यरत रहेका छन।
Full Biography (PDF)
Short Biography (PDF)
Curriculum Vitae (PDF)
सामाजिक, साहित्यिक, साँस्कृतिक क्षेत्रमा कार्यरत हुदा आफनो दृष्टिकोण उस्ले कबितामा यसरी ब्यक्त गर्दछ।
मान्छे हिडछ
बाटो बन्छ ।
बाटो लम्किन्छ
मान्छेको हाँक बन्छ ।
बाटो पातालमा पुग्छ
गहिरो धरातल सम्म छाउँछ ।
उच्च शिखर तिर लम्किने
बाटा अनन्त हुन्छन ।
तर छोटोमा बाटा
मात्र दुईवटा हुन्छन
अग्रगति र अधोगतिको बाटो ।
मानिसले समाउने बाटो
मानिसको सुझबुझमा भरपर्ने बाटो ।
मान्छे र बाटो
पानी र जीबन
निरन्तर चलिरहने
आगो भएर
निरन्तर बलिरहने ।
यो बाटोमा को हिडछ ?
बाटोलाइ केही अर्थ लाग्दैन
मान्छेले कुन बाटो रोज्ने ?
बिशेष अर्थ लाग्छ ।
हिडिरहने मानिसहरु भेट भैरहन्छ
एउटै बाटोमा लाग्नेहरु ।
छुटिटन्छन मान्छे
अलग बाटोमा लाग्नेहरु ।
मान्छे ईतिहास बन्छ
मान्छे सार्थक ईतिहास बनाउछ
बाटो ईतिहास बन्छ ।
मान्छे ईतिहासको पात्र बन्छ ।
सार्थक ईतिहास कहलाउँछ ।
बाटो ईतिहास बन्छ
मान्छे ईतिहासको पात्र बन्छ ।
मान्छे आई रहन्छ
मान्छे गई रहन्छ
बाटो भने रहिरहन्छ ।
बाटो कहिले मुर्छित हुन्छ
पिहिरोमा परेर
बाढीमा बगेर
भुकम्पमा हल्लिएर
चीरा परेर
अचेत बन्छ ।
तर मान्छेले छुना साथ
बाटो फेरि बौरिन्छ,
फेरि पनि डरोरुपमा उठिरहन्छ ।
आफनो स्वरुपमा जागिरहन्छ ।
मान्छेलाई आमन्त्रण गरीरहन्छ ।
निरन्तर हिडेर जीबन सार्थख पार्न
आहवान गरीरहन्छ ।
बाटो
नदीको प्रवाह भएर लहरि रहने
जीबनको उर्जा भएर प्रज्वलित भैरहने ।
निरन्तर अगाडि बढिरहने
मान्छे र बाटो ।
गाढा सम्बन्धमा गाँसिएर
निरन्तर चलि रहने
बिर्सन नसकिने ।
मात्र यति हो
यो कसरी चलाउने ?
आपसि स्पर्षमा महशुस गर्दै
जीबन मरणको बाटोमा
सचेत बन्दै
बढिरहने ।
जीबनको बाटोमा
मान्छे र बाटो ।
००००००००००००