पहिलो प्रकाशित रचना “तातो बाफ“ कविता २०२१ माघको रुपरेखा साहित्यक मासिक पत्रिकामा प्रकाशित ।
प्रकाशन मिति: २०४७ माघ
म आएको छु कविता यात्रामा २२ कविताहरु संकलित छ्न।यस कविताहरुमा तत्कालीन समयको उकुसमुकुसको पीडा,बिकृती र बिसंगती प्रति ब्यङ्ग प्रहार,सामाजिक बेथिति प्रती आक्रोश छ। सामाजिक रुपान्तरणको लागि खासगरि अग्रगामी यात्रामा लाग्ने सन्देश दिने प्रयास छ। सत्य र न्यायको पक्षमा रास्ट्रीय तथा अन्तर्राष्ट्रिय संघर्षको लागि आवाज बुलन्द गरेकोछ । समस्याका पहाड हटाउन सशक्त आंत र उर्जाको लागि लागि पर्न आह्वान गरिएका कविताहरु यस्मा रहेकाछ्न ।
प्रकाशन मिति: २०६० भदौ
जराको स्वर ( कविता संग्रह) मा ४४ वटा कविताहरु समाबेश गरिएकोछ।यस्मा समाबेश भएका कविताहरुमा तत्कालीन समयको असहज परिस्थितिमा उब्जिएको बिकृती र बिसंगतिले जन्माएको गलत प्रवृत्तिको बिरोध गतिएकोछ। सामाजिक रुपान्तरणको लागि चेतना ,जागरण र संगठित भएर सशक्तीकरणको लागि लग्न उत्प्रेरित गर्ने प्रयास भएकोछ ।
प्रकाशन मिति: २०६६ असोज
टापुमा तैरिंदा यात्रा संस्मरणमा श्रीलंकाको यात्राको संस्मरण हो।यस्मा एक संस्थाबाट अर्को संस्थामा प्रबेश गर्दाको अनुभुतिछ। श्रीलंका यात्रामा जांदा त्यहाँका प्रगतिबाट सिकेका कुराको बारेमा तथा यात्रामा पाएको दु:खद क्षणको भोगाइको ब्यथा व्यक्त भएकोछ।
प्रकाशन मिति: २०६८ चैत्र
फेरिएको चित्र (कविता संग्रह) मा ४४ वटा कविताहरु संकलन छ। फेरिएको चित्र राम्रो र न राम्रो दुबै हुन्छन् । राम्रोबाट सिक्नु पर्छ।कविताहरुमा अधोगती, प्रतिगामी पक्षको बिरोध छ। अग्रगामी र प्रगतिशील बाटोमालाग्ने बारेमा अभिव्यक्ति छ।अग्रगामी सामाजिक रुपान्तरणको लागि उत्प्रेरित हुन सकारात्मक शोच र ब्यवहारको आबश्यक भएको अभिव्यक्ति रहेको छ।
प्रकाशन मिति: २०७३ जेठ
घर बिनाको घर कथा संग्रहमा १४ कथाहरु छ्न। युवा अबस्थामा घरको लागि गरेको कमाई बुढेसकालमा त्यस्को केही मुल्यांकन न भएर उपेक्षित हुनु परेको पीडाका सुसाई, घर भएर पनि आफ्नो घर जस्तो न लागेको पीडा छ। माया प्रेममा बलिदान,अन्तर्राष्ट्रिय र रास्ट्रीय क्षेत्रमा न्याय र सत्यको पक्षमा आवाज उठाउन खोजेको कथाहरू यस्माछ्न । त्यसको साथै सामाजिक बिकृती र बिसंगतिको बिरोधछ।समजमा रहेको बेथितिको बिरोधछ । यथार्थमा आधारित कथाहरूले प्रगतिशील परिवर्तनको लागि बोलेकोछ ।
प्रकाशन मिति: २०७४ माघ
झझल्को नियात्रा ११९ उपसिर्षक भएको अनुभुतीहरुको संगालो हो । बेलायत र अमेरिकाको भ्रमणमा ६ महिना भए गरेको यात्रा बृतान्त नै यो नियात्रा हो । बिदेशमा हुंदा आफनाे नेपाल सम्झेर गरेको अनुभुति कस्तो हुने रहेछ भन्ने बारेमा मनको ब्यथाहरु यस्मा पोखिएका छ्न ।
प्रकाशन मिति: २०७८ जेठ
याे कृतिमा लेखकले जीवनभर सँगाल्नुभएका अनेक अनुभवहरूका अभिलेखनकाे रूपमा नियाल्न सकिन्छ । पाँचओटा यात्रासंस्मरण र बाँकी सातओटा अठहत्तर बर्से जीवनका विभिन्न कालखण्डमा वैयक्तिक रूपमा अर्जित तितामिठा अनुभूति र स्मृतिसँग सम्बन्धित संस्मरण यहाँ समाविष्ट छन ।
प्रकाशन मिति: २०७८ आषाढ
याे नियात्रामा लेखकले अमेरिकामा करिब तीन महिनासम्म बस्दा र त्यस मुलुकका केही प्रसिद्ध ठाउँहरूको भ्रमण गर्दा उहाँले अमेरिकी र नेपाली समाजबीच तुलना गर्न चाहनुभयो । अमेरिकामा गएर बसोवास गरेका नेपालीहरूको अवस्थालाई नियाल्ने इच्छा प्रकट गर्नुभयो र उनीहरूले नेपालप्रति दर्शाउने माया, ममताको गहिराइ पनि खोतल्ने प्रयत्न गर्नुभयो । अमेरिका भ्रमणका क्रममा आफूले भोगेका अनुभवहरूलाई शब्दबद्ध गर्ने क्रममा विनयले यिनै पक्षहरूलाई प्राथमिकतामा राख्नुभएको छ ।