पहिलो प्रकाशित रचना “तातो बाफ “ कबिता २०२१ माघको रुपरेखा साहित्यक मासिक पत्रिकामा प्रकाशित।
बिभिन्न पत्रपत्रिकाहरुमा कबिता, कथा, लेख, निबन्ध, सँस्मरण, नियात्रा र अनुबाद प्रकाशित।
सम्पादन आधार साहित्यिक त्रेमाशिक २०४९ चितबन ।
२०८० साल असार १६ गते
राम बिनयको ब्यक्तित्ब र कृतित्बको बारेमा त्रिभुबन बिश्बबिद्यालयका बिद्यार्थिहरु प्रमिला मल्ल, नानीमैया ढकाल र प्रमोद रेग्मीहरुबाट शोधपत्र प्रस्तुत भै स्वीकृत भएका छन ।
जनमत (साहित्यिक मासिक) काे वर्ष ३८ अङ्क ७ मा "राम विनय साहित्यिक विशेष अङ्क" प्रकासित भएकाे छ। याे सम्मानका लागी हामी जनमत साहित्यिक मासिक परिवार विशेषत प्रधान सम्पादक कवि माेहन दुवाललाई हार्दिक आभार प्रकट गर्न चाहान्छौ ।
समालोचना/व्यक्ति टिप्पणीमा राम विनय
३–८. राम विनयको जीवनी, व्यक्तित्व र कृतित्व – प्रमोद रेग्मी । ९–१८. कथाकार राम विनय र उनको ’घरविनाको घर’ – प्रा. जगत् उपाध्याय । १९–३०. कवि राम विनय र उनको कविता यात्रा – प्रा.डा. हेमनाथ पौडेल ।
अन्तर्वार्तामा राम विनय
३१–३५. स्वतन्त्रता मानिसको जन्मजात नैसर्गिक मानव अधिकार हो ।
संस्मरणमा राम विनय
३६–३७. थाहा ।
कथामा राम विनय
३८–४७ः १) अन्तर्वार्ता २) शेक्सपियर ३) अंश र वंश ४) गमला र मापसे ५) हाकिम ६) संवाद ७) तालिम ८) घुस विमर्श ।
कवितामा राम विनय
३८–५५: १) झुर्मे दर्जीको अर्जी २) हित थारु ३) आग्रह ४) जराको स्वर ५) मान्छे र बाटो ६) घाउको भारी ७) यस्तो लाग्छ ८) आज स्कुल ९) गजल र पजल १०) केही हाइकुहरु ।
विविध
जनमत के भन्छ ?– मोहन दुवाल ।
सौर्य अनलाइन
२०७६ माघ २५ गते ८:१६ मा प्रकाशित
"लेखक भोकै पर्ने प्रकाशक मोटाउने चलन निर्मूल पार्नुपर्छ"