साहित्यकार राम विनयका पुर्खाहरू भक्तपुर गोलमढी टोलबाट व्यापारको सिलसिलामा तनहुँ जिल्लाको रिसिङ्ग बाह्र डाँडामध्येको साभुङ्ग् भगवतीपुरमा पुगेर त्यहाँ बजार स्थापना गरी बसोबास गरेको कुरा उनका बाजे बराजुहरूबाट अवगत भएको छ । उनका बाजे दलबहादुरको पनि बाजे मणिरत्न हुनुहुन्थ्यो । मणिरत्नकीे श्रीमती आफ्नो श्रीमानको निधन हुँदा उनका आदरणीय बज्यै स्वेच्छाले बाजे मणिरत्नको लास नजिकै बसेर प्राणत्याग गरेको भन्ने भनाइ रहेको छ ।
त्यतिबेला उहाँको ठुलो छोरा मोतीलाल १० वर्षको र सानो छोरा ६ महिनाको मात्र थिए । नातेदार र छिमेकीहरूले उहाँलाई यति सानो बच्चालाई छोडेर सती नजाऊ भनेर भन्दा उहाँले भन्नुभयो “मेरो ठुलो छोरा यो बाह्रडाँडा रिसिङ्गको हर्ताकर्ता भएर काम गर्नेछ र सानो छोरालाई ईश्वर भगवानले बचाउने छ । उसले जस्तोसुकै रुखो जमिनमा खेती गरे पनि उब्जाउलो हुनेछ” । वास्तवमा भयो पनि त्यस्तै । त्यसैले उनका सन्तान परिवारलाई सतीवन्तीको सन्तान भन्ने चलन पनि छ ।
तनहुँ जिल्लाको दक्षिण पश्चिम कालीनदीको किनारबाट उत्तरतर्प पर्ने धनबासे डाँडाको मुन्तिर दक्षिण मोहडाको साभुङ्ग भगवतीपुर बजार उत्तर पूर्व फर्केर बसेको छ । बिहान सबेरै हिमालय पर्वतको मनोरम दृश्य उनको घरबाट सजिलै अवलोकन गर्न सकिन्छ । माघ महिनाको चिसो बतास चलेको, आकाशमा बादल लागेको भए तापनि हिमालमा सूर्यको किरणले ढपक्क छोपेको बेलामा घरको भुइँतलामा अगेनानेर गुन्द्रीमाथि राखिएको ओछ्यानमा उनको जन्म भयो । यस्तो मनोरम बजारमा जन्मने रामकुमार श्रेष्ठ (राम विनय)की आमाको नाम बेलकुमारी श्रेष्ठ र पिता धर्मकुमार श्रेष्ठ हो ।
ठुलीआमा पार्बती भन्नु हुन्थ्यो “यो जन्मँदा यसले घाँटीमा सालनालको माला लगाएर जन्मेको थियो।”
उनको जन्मपत्रिका (चिना)अनुसार उनको जन्म विक्रमसम्वत २००० साल माघ २३ गने शनिबार (सन् १९४४ फरवरी ५) बिहानको अरुणोदय कालमा भएको हो । भानु हाइस्कुलमा यस एस एल सी फाइनल परीक्षाको लागि फाराम भर्दा शिक्षकहरूले कोलम्बो प्लानमा जान सजिलो हुन्छ भनेर सल्लाह दिएअनुसार उनको उमेर २ वर्ष घटाइयो । त्यसपछि उनको जन्म मिति ५ फरवरी १९४६ (२००२ साल माघ २३ ) भएको छ । अहिले उनको नागरिकतामा यही उमेर प्रयोग भएको छ । जन्मपत्रिका (चिना)मा उल्लिखित मिथुन राशिअनुसार उनको राशिको नाम कुलबहादुर श्रेष्ठ हो ।
त्यसबेला त्यस ठाउँमा स्वास्थ्य उपचारको कुनै सुविधा थिएन । पहिले स्थानीय धामी झाँक्री, थानी देवीको शरणमा पर्नुपर्र्नेु हुन्थ्यो । यस प्रकारको प्रचलन अहिले पनि छ । अहिले पनि यो अवस्था यथावत छ । यो आस्था र विश्वासको प्रतीक पनि बनेको छ । यसो भए तापनि हाल अहिले स्वास्थ्य चौकी र एल्लोप्याथी औषधीको व्यवस्था रहेको छ ।
उनी सानोमा घरअगाडिको कौसीको बोटनेर अरु साथीहरूसित खेलिरहेका बेला कसैले धकेलेकाले रुखबाट लडेर भुइँमा खसेर बेहोस भएका थिए । स्थानीय उपचार विधिबाट उपचार भएर उनी बाँचेको हो । उनको टाउकोमा लागेको त्यस बेलाको घाउको टाटा अहिले पनि देख्न सकिन्छ ।
करिब २०२२ सालमा उनी काठमाडौँ भएको बेलामा जेठो छोरा सुमनलाई ज्वरोको बिरामी हँुदा काठमाडौँँबाट उनले पठाएको औषधीले निको पारेपछि उनको घरमा एल्लोप्याथी औषधीको प्रयोग सुरु भएको हो । त्यसपछि साभुङ्ग्मा पनि स्वास्थ्य चौकीको स्थापना भयो ।
उनीहरू सानो हुँदा उनका बा धर्मकुमारले बरभन्ज्याङ र ज्याग्दी खोलामा पसल राखेर व्यापार गर्न जानु भएको बेलामा उनीहरू दाजुभाइहरू पनि त्यस स्थानमा गएका थिए । त्यतिबेला उनकोे भाइ माइला र उनी ज्याग्दी खोलामा खेल्न गएको रमाइलो समय उनी स्मरण गर्छन् ।
ज्याग्दी खोलामा हँुदा त्यहाँका एक जना कोइराला थरका उनी जस्तै किसोरसित उनको वैदिक विधिपूर्वक मित लगाइएको थियो । उनको मितको दुईजना विधवा आमाहरु हुनुहुन्थ्यो । त्यसबेला उनीहरू ज्याग्दी खोलाबाट घर फर्कँदै गर्दा बाटोमा एकजना महिलाले उनलाई माया गरेर काखमा लिनुभयो । उहाँ उनको मितदिदी हुनुहुँदो रहेछ । त्यसको धेरै वर्षपछि मात्र दिदीसित भिमादमा उनको अन्तिम भेट भएको थियो । अहिले उनकोे मित आमाहरू, उनको मित र उनको सन्तान कोही पनि छैनन् भनेर सुन्दा उनलाई दुःख लागेको व्यक्त गर्दछन् ।
उनको आफ्नो प्रारम्भिक शिक्षा पिताबाट घरमा प्रारम्भ भएको हो ।त्यसपछि बजारको एक मात्र प्राथमिक स्कुल, सरस्वती प्राइमरी स्कुलमा भर्ना भएर पढाइ चालु राखे । स्कुलका शिक्षक दिलकुमार मामा थिए भने बिहान बेलुकाका राजनैतिक शिक्षक काका तुलसीप्रसाद थिए ।
साभुङ्ग्गमा कक्षा १ देखि ३ सम्म पढेपछि उनलाई कक्षा ४ मा पढ्न बन्दीपुर पठाइयो । केही समय त्यहाँ पढेको समय शिक्षकहरूले उनलाई कक्षाको मोनिटर बनाएका थिए । त्यतिबेला स्कुलमा त्यहाँ ३ जना रामकुमार थिए । उनी साभुङ्गको १ नं को रामकुमार, २ नं को रिसिङ्गको रामकुमार ३ नं मा गोरखाको रामकुमार थिए । रामकुमार नाम धेरै भएकाले अमृत गोपाल प्रधान दाइले उनको उपनाम राखिदिए । रामकुमार श्रेष्ठ “विनय” । त्यस बेलादेखि उनको नाम छोटकरीमा राम विनय भयो । उनको साहित्यिक सिर्जना सोही नामबाटै हुन थालेको हो ।
त्यहाँ केही समय भानु हाइ स्कुलमा पढेपछि उनलाई साभुङ्गमा फर्काइयो । त्यहाँ स्कुल भवन पनि थिएन । कहिले मानपुर आहालनेरको चौपारीमा र कहिले अहिलेको स्कुल भएको चौरमा पढाइ हुने गर्दथ्यो । मानपुरमा उनले “समयको सदुपयोग” कविता पहिलो पटक लेखेर पाठ गरेको उनलाई स्मरण छ ।
त्यतिबेला उनको कक्षामा धेरै जातजातिका बिद्यार्थिहरु (कामी, दमाई, सार्की, मगर, नेवार र अन्य) पढ्थे र उनीहरू सबैसित उनको राम्रो मित्रता थियो ।
सरस्वती प्राथमिक पाठशाला भएकाले त्यहाँ कक्षा ७ सम्म मात्र पढेपछि उनी २ दिनको पैदल यात्रा गरेर बन्दीपुरमा गए । त्यहाँको टुँडिखेलस्थित भानु हाइस्कुलमा उनी कक्षा ८ मा भर्ना भएर कक्षा १० सम्मको पढाइ चालु राखे । साभुङ्ग्मा उब्जेको उनको सिक्ने जिज्ञासा त्यहाँ गएपछि झन् प्रबल भयो । त्यहाँको वातावरण र सङ्गत उनको लागि सिक्ने गतिलो अवसर बन्यो । त्यहाँको साहित्यिक, राजनैतिक, सांस्कृतिक वातावरणले उसलाई थप उर्जा प्राप्त भयो ।
तुलसीप्रसादको घर पसलमा टाँगिएका कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स, लेनिन, स्टालिन, माओत्सेतुुङ, होचिमिन्ह, किमइल सुङको तस्बिर भित्तामा राखिएको थियो । उनलाई उनीहरू को हो ? के हो ? भन्ने उत्सुकता जगायो । त्यसबारेको जिज्ञासा शान्त पार्ने गरी तुलसीप्रसाद श्रेष्ठले प्रशिक्षण दिने गरेको उनलाई झलझली सम्झना हुन्छ ।
बन्दीपुर स्कुलमा पढाइ गर्दा जसरी रामकुमार “जीवनमित्र” हेडमास्टरबाट उस्ले शैक्षिक ज्ञान प्राप्त गरे, त्यसै गरी राजनैतिक ज्ञान नेकपाका संस्थापक महासचिव पुष्पलाल, एकदेव आले, कृष्णलाल प्रधान, तुलसीप्रसाद श्रेष्ठ, लक्ष्मीभक्त उपाध्यायबाट प्राप्त गरे । रामकुमार “जीवनमित्र”ले कवि बाइरनको “मानिसको जीवनको लक्ष्य वर्तमान अवस्थाको भन्दा माथिको हुनु पर्छ, होइन भने स्वर्ग के को लागि ?” भन्ने महावाणी सुनाएको उनी सम्झन्छन् । यो महावाणीले उनले आफ्नो जीवनमा प्रेरणाको स्रोत बनेको महसुस गरेको कुरा उ व्यक्त गर्दछन् ।
२०१५ सालमा देशमा आमचुनावको बेला थियो । त्यति बेला त्यस क्षेत्रमा एकदेव आले र दक्षिण पश्चिम क्षेत्रमा तुलसीप्रसाद श्रेष्ठ नेकपाको तर्फबाट उम्मेदवार बनेका थिए । चुनावचिन्ह हँसियाको भित्र मकैको तीन ओटाघोगा थियो । त्यसबेला पार्टीका सँस्थापक महासचिब पुष्प लालले आमनिर्वाचनको बेलामा बन्दीपुरमा दिएको प्रशिक्षणमूलक भाषणले उस्ले नीकै विषयमा ज्ञान प्राप्त गरे ।
बन्दीपुरमा कक्षा ९ मा पढ्दा साथीहरूसित मिलेर भीमनिधि तिवारीको नाटक “भत्केको पाटीमा” मा भाग लिए । उनले प्रेम विनोद नन्दनको निर्देशनमा भएको त्यस नाटकको प्रमुखपात्रको भूमिका निर्वाह गरेर नाटक खेलेका थिए । त्यस नाटकको प्रशंसनीय प्रहसन गरेकोमा उनले स्थानीय मालपोत कार्यालयका हाकिम तिलक प्रसाद (दैलेख)बाट प्रशंसापत्रसमेत प्राप्त गरेका थिए ।
बन्दीपुरमा साहित्यकार, कवि गीतकार, संस्कृतिकर्मी एवं निर्देशक प्रेमविनोद नन्दनको निर्देशनमा प्रस्तुत हुने महाकवि देवकोटाको मुनामदन, कुन्जिनी,अम्रपाली (नेपाल भाषा) लगायत नाटक र बेलाबखत हुने चाडवाडको सांस्कृतिक कार्यक्रमहरूमा उनले बाल कलाकारको रूपमा प्रहसनमा भाग लिने गर्दथे ।
यो नाटक प्रहसनको काम साभुङ्गमा फर्केपछि पनि निरन्तरता रह्यो । केही नाटकहरुको प्रहसन गर्न उस्ले भागलिएको थियो ।
उनले बन्दीपुरमा स्कुलको पढाइको साथै त्यहा रहेको पद्य पुस्तकालाय कार्यसमितिमा पनि बसेर काम गरे । त्यसको साथै साथीहरूको सल्लाहमा तत्कालीन अखिल नेपाल विद्यार्थी फेडरेसनमा सङ्गठित भए र त्यहाको कार्यालय सचिव समेत भएर आफनो भुमिका निर्बाह गरे ।
उनले विभिन्न सभा समारोह, जयन्तीमा विद्यार्थीको प्रतिनिधिको रूपमा बोेल्ने गरेको, शुक्रबारको पढाइपछि साथीहरूलाई टुँडिखेलमा भेला गराई कविता गोष्ठी गर्ने गरेको जस्ता घटना उनको लागि स्मरणीय छ ।
पद्य पुस्तकालयबाट प्रकाशित हस्तलिपि पत्रिका मूलबाटोमा उनले अचलकोटबाट घर फर्केको बेलामा कल्पना गरेर लेखेको कविता “मेरो देशको हिमाल” प्रकाशित भएकोे थियो ।
२०१९ सालमा उनले एस एल सी परिक्षा दिएर आफनो गाउमा फर्के पछि साभुङ्गको मिडिल स्कुलमा पढाउन थाले । त्यहाँबाट एस एल सी फाइनलको फाराम पर्न २ दिन हिँडेर बन्दीपुर जाँदा “धरती आकाश क्षितिजबिच भन्दै कल्पना गर्दे लेखेको कविता” यो सुनसान दिनमा भनेर सुरु भएको कविता “तातो बाफ” कविता पहिलो पटक २०२१ माघको रूपरेखा पूर्णाङ्क ४५ मा छापिएको थियो । यो पत्रिका उनले धेरै पछि बीरगन्जका साथी रमेश गार्खालीबाट पाउन सके । यो कवितानै उनको पहिलो प्रकाशित रचना हो । पछि त्यो कवितासमेत समावेश गरेर २०४७ माघमा उनकोे पहिलो कविता सङ्ग्रह “म आएको छु” प्रकाशित भयो ।
२०२० फागुन २२ मा उनको विवाह घिरिङका हिरालाल र मैना देवीको काइँली छोरी (चेतमाया चिन्हाको नाम) अहिले नागरिकताको नाम सीता श्रेष्ठसित भयो । विवाह भएर घरको व्यवहार, व्यापार व्यवसाय हेर्ला भनेर सोचेको मातापिताको सोच विपरीत उस्ले उच्च शिक्षा हासिल गर्ने आफ्नो सङ्कल्प पूरा गर्नतिर लागे ।
त्यतिबेला त्यस क्षेत्रमा हाईस्कुल बनाउने होड चलेको थियो । त्यसबेलाका उनको गाउँ पञ्चायतका प्रधानपञ्च कृष्ण बहादुर थापामगर सित भेटेर उनले आफ्नो गाउँको मिडिल स्कुललाई हाईस्कुल बनाउन लाग्नु प¥यो भनेर प्रस्ताव गरे । ती प्रधानपञ्चले भने“खै बाबु, यहाँ बि ए पास गरेको एक जना मास्टर पनि छैन, कसरी होला हाइ स्कुल ?” प्रधान पञ्चको यो बचनले उनको मनमा गहिरो चोट प¥यो । उनी घर फर्केर आए र मनमनै सङ्कल्प गरे “अब म बिए पास गरेर आउँछु र यहाँको हेडमास्टर हुन्छु ।”
तर उनको त्यो सपना जागिरे जीवनले पूरा हुन दिएन । उनीे केही समय भरतपुर वीरेन्द्र कलेजमा पनि भर्ना भए । प्राचार्य आनन्ददेव भट्टबाट प्रभावित उनले त्यहाँ आइ ए मा पढ्दा कविता प्रतियोगिता र वादविवाद प्रतियोगितामा भाग लिएर सफलताको प्रमाणपत्र पनि प्राप्त गरेका थिए ।
आधासमय काम र आधासमय पढाइ गर्ने प्रकृयाअनुरूप उनले पढ्ने योजना बनाए । सोहि अनुसार उनको कामको खोजिमा काठमाडौँ जाने कार्ययोजना बन्यो । यो २०२२ सालको कुरा हो । त्यति बेला ठुलो छोरा सुमन २०२२ साउनमा जन्मिसकेको थियो । सानो छोरालाई उनको आमाको काखमा छोडेर उनले काठमाडौँँ जाने सुर कसे ।
यस बिचमा उनले रामपुर चितवनमा भएको देशव्यापी साहित्य सेमिनारमा भाग लिएका थिए । चितवनको मंगलपुर विश्वप्रकाश मिडिल स्कुलमा पनि स्थानीय व्यक्तिहरूको आग्रहमा केही समय उस्ले पढाउने काम पनि गरे ।
उनी घर फर्के । घरमा कपडा पसल थियो । त्यहा भएको पसलमा माल सामानहरू सकिएको रहेछ । त्यसैले उस्ले पिता धर्मकुमारको आदेशअनुसार उनी १८ जना भरियाहरूलाई लिएर नारायणघाटतिर २ दिनको बाटो हिँडेर सामान खरिद गर्न भनेर गए । व्यापारीको काम गरेर सामान खरिद गरेर भरियाहरूलाई नारायणी नदी तारेर घरतिर पठाउने बेलामा उनले भने “ल तपाईंहरू सामान घर लानु होला । म अब काठमाडौँँ जान्छु ।”
भोलिपल्ट रुद्र दाइ र उनी काठमाडौँँ प्रस्थान गरे । यो उनको पहिलो काठमाडौँँ यात्रा थियो । त्यो दिन शनिबार थियो । उनले रत्नपार्कमा गोरखापत्र किने । उस्को दाजुको सम्पर्कमा रहेका एकजना ब्यक्ति (अदालतमा मुद्याको तारेख लिन आएका मान्छे ) पुतली सडकमा डेरा गरेर बस्थे । उनीहरु पनि उसैकहाँ बासबस्न पुगे ।बास बस्ने ठाउमा ओछयान थिएन । त्यहा भएको सुकुलमा सुते । उस्ले रत्नपार्कबाट किनेर ल्याएको गोरखापत्र ओढेर रात काटे । भोलीपल्ट बिहानमात्र उस्ले गोरखा पत्रमा एउटा बिज्ञापन देखे र पढे । त्यसमा सहकारी बैङ्कको खजान्ची पदको विज्ञापन रहेछ । दरखास्त दिन नागरिकता थिएन । मित बा धर्मराज थापाको सिफारिसमा नागरिकता पाएपछि सहकारी बैङ्कमा दरखास्त दिने काम भयो । झन्डै ६ महिनापछि नतिजा निस्क्यो । २०२३ साल माघ २ गतेका दिन खजान्ची (लेखपाल)को नियुक्ति प्राप्त गरेर काम गर्न थाले ।
सहकारी बैङ्कमा नतिजा निस्कन धेरै समय लागेकाले उनले केही समय विद्युत् कर्पाेरेसनमा लेखपाल पदमा द्रखास्त दिएर अन्र्तबार्ता दिएका थिए । नतिजा निस्केको थिएन ।
अब भएन भनेर लोकसेवा दिनको लागि द्रखास्त फाराम भर्न सिँहदरबार तिरलागे ।लोकसेवा आयोग खोज्दै उ सिँहदरबारको माथिल्लो तल्लामा पुगे । उस्ले यताउता हेरे । त्यहाँ एकजना बरिष्ठखालको ब्यक्ति बरण्डामा उभिएर सिगार तानिरहेको थियो । उहाँ त लोकसेवा आयोगका अध्यक्ष केसर बहादुर के सी पो रहेछ । उस्लाई देखेर लोक सेवा आयेगका अध्यक्ष केसीले सोधे “जागिर खाने हो बाबु?” । उस्ले “हो” भने पछि “ल ल फाराम भरेर पेश गर ।” भनेको कुरा उस्ले अहिले पनि सम्झने गर्छ ।
त्यस्को भोलिपल्ट उ टेँगलटोलको डेरा कोठाबाट लोक सेवा आयोगमा फाराम भरेको बुझाउन जान भनेर निस्क्यो ।उ तल कम्पाउण्डमा ओर्लियो । कम्पाउण्ड भित्र ठुपै्र माटाका गाग्रि,अरु भाँडाहरुमा पानीले सबकासब भरिभराउ थियो ।उस्ले त्यस दिन जस्तो पहिले देखेको थिएन ।उ छक्क पर्दै निस्क्यो । लोक सेवा आयोगको फाराम भरेको मिसिल लिएर रत्नपार्कबाट सिँहदरबार तिर उ जादै थियो ।
बिद्युत करपोरेसननेर आएपछि उस्लाई आफुले त्यहा अन्र्तबार्ता दिएको कुरा याद आयो । त्यहा उ पस्यो र नतिजाको बारेमा सोधपुछ कक्षमा गएर सोधे । त्यहा उस्ले सुचनापाटीमा हेरे । नतिजाको सुचनामा उस्को नाम सबभन्दा माथि १ नम्बरमा देखेर उ छक्क परयो । लोक सेवाको फाराम पेश गर्न गएको मान्छे त्यहि बाट फर्के र बिद्युत करपोरेसनमा भर्ना हुन कस्सिए । अलि दिन उस्ले त्यहा लेखपालको पदमा काम गरे । केही समय पछि सहकारी बैकमा नाम निस्क्यो । बैक तिर उ तानिएर त्यता लागे । बिद्युत करपोरेसनका राजिनामा दिए । राजिनामा स्विकृति पत्र उस्लाई उस्को डेरामा एकजना सहयोगी कर्मचारीले बुझाउन आएको थियो ।उस्ले दुख मनाउ गरेर भन्दै थियो “यति राम्रो जागिर नछोडे हुने थियो ।”त्यस क्षण उस्ले अहिले पनि सम्झने गर्छ ।
आफू बसेको टँेगल नजिक रक्तकालीमा डेरा गरी बस्ने साहित्यकार गोविन्द भट्टसित सम्पर्क भयो र साहित्यिक कार्य गर्न सजिलो भयो ।
२०२३ सालमा उनीे आइ ए पास भएका थिए । २०२४ साल वैशाखमा छोरी सुशीलाको जन्म भएपछि उनको सरुवा जनकपुरमा भयो । उनले दिनको समयमा जागिरमा र बिहान आर आर कलेजमा भर्ना भएर आफ्नो पढाइ चालु राखे । त्यतिबेलाका प्रबन्धक नन्दराम बैद्यको सहयोगी भाबनाको गुण अहिले पनि उस्ले स्मरण गर्छ ।
काठमाडौमा सँगै छँदा देखिको साइँला भाई विष्णुलाई पनि सँगै लगेर जनकपुरधामको हाइ स्कुलमा भर्ना गरिएको थियो । पछि उनी विराटनगरबाट वीरगञ्ज सरुवा भएपछि पनि उनीहरुले आफनो पढाइ चालु राखे । उ काठमाडाँैमा गएर बि.ए. जाँच दिएर पास भएका थिए ।
सहकारी बैङ्कमा भर्ना भएपछि उनको सरुवा जनकपुरमा भएको थियो । सहकारी बैङ्क २०२४ साल माघ ७ गते कृषि विकास बैङ्कमा परिणत भएको थियो । त्यस दिन नारायण बियोगी र उस्ले सहकारी बैकको हिसाब कृषि बिकास बैकको हिसाबमा सार्ने काममा लागेर रात बिताएको उस्लाई स्मरणछ ।
सहकारी बैङ्क र कृषि विकास बैङ्कमा गरी उनले त्यहाँ २५ वर्ष अनबरत सेवा गरे र २०४८माघ७मा राष्ट्रिय सभागृहमा भएको बैँकको बार्षिकोत्सबमा तत्कालिन महाप्रबन्धक तिलक रावल मार्फत तत्कालिन प्रधानमन्त्रिबाट कदर पत्र र रजत पदक प्राप्त गरे । बैङ्कमा हुँदा उनी विभिन्न जिल्लामा सरुवा पनि भए ।
२०२५ सालमा विराटनगरमा छँदा उनले मेची अञ्चल स्तरिय साहित्य सेमिनारमा भाग लिने मौका पाए । त्यो सेमिनार उनको साहित्यिक जीवनमा एक महत्त्वपूर्ण मार्गदर्शन बन्न सकेको राम विनयको अनुभव रहेको छ ।
सेवाको २५ वर्षको अवधिमा उनले कहिले एक वर्षमा र कहिले छ महिनामा सरुवा हुनुु पर्दा निकै सास्ती खप्नु परयो । साना साना छोरा छोरीहरूलाई लिएर हिँड्नु पर्दा, उनले हैरानी व्यहोरेका थिए । बच्चाहरूको यस अवधिमा पढाइमा निकै बाधासमेत ब्यहोर्नु परको थियो ।
उनले २०२३ सालमा काठमाडौँँमा त्रिभुवन विश्वविद्यालयबाट आइ ए प्राइभेट पास गरेकाले जनकपुर, विराटनगर र वीरगञ्जमा सरुवा भएर जाँदा पनि उस्ले आफनो बि.ए. शिक्षाको पढाई चालु राखे र २०२६ सालमा बि.ए. प्राइभेट परीक्षाको तयारी गरे ।
जनकपुर आर आर कलेजमा पढदा एकजना प्रध्यापकले अर्थशास्त्रको बिषय पढाएको बेलामा “फ्रेड्रिक एङ्गेल्सले भनेकाछन कि बिश्वमा महिला र मजदुर बर्ग सबभन्दा बढि शोषित पीडित छन ।” भनेर पढाएको कुरा उस्को स्मरणमाछ ।
त्यतिबेला कृषि बिकास बैक बीरगन्ज प्रशासन प्रमुख गोपाल कुमार रिमालले उस्लाई पढाईमा राम्रो सहयोग गरेको थियो । उस्ले धेरैैको सहयोगमा अध्ययन गरे र परीक्षा दिएर पास गरे । उनले बि.ए.परीक्षा दिएर पास गरेको साल २०२६ साल पौषमा उनको माइलो छोरो मिलनको जन्म भएको थियो ।
पहिलो पटक २०२७ साल साउनमा उनलाई त्रिशुलीमा उपशाखा प्रबन्धकको रूपमा सरुवा गरिएको थियो । त्यसबेला ठुलो छोरा सुमन र छोरी सुशीलालाई बा आमाको काख साभुङ्गमा छोडेर माइलो छोरा मिलन र श्रीमती सीतालाई लिएर उनी त्रिशुली, नुवाकोट गएको थियो ।
२०२८ साल जेठमा उनको त्रिसुली नुवाकोटबाट भरतपुर चितवनमा उपशाखा प्रबन्धकको रूपमा सरुवा भयो । त्यस वर्ष उनको सम्पूर्ण परिवार साभुङ्ग भगवतीपुर, तनहुँबाट चितवनको कल्याणपुरमा बसाइँ सरेको थियो ।
त्यसबेला आनन्ददेव भट्टको सम्पर्कबाट नेकपासित उनको सम्पर्क भयो ।उनले जीवनमा पहिलो पटक २०२८सालमा नेकपाको पार्टी सदस्यता प्राप्त गरेको थियो ।
२०१९सालतिरदेखि नै उनी चीनको सर्वहारा सांस्कृतिक महाक्रान्तिबाट प्रभावित भएको थियो ।त्यस्मा उस्ले राम्रो पक्षको सर्मथन र गलत पक्षको आलोचनात्मक चेतकासाथ बिषयहरुको बिश्लेषण गर्ने गर्दथ्यो ।उस्ले सर्बहारा साँस्कृतिक क्रान्तिबाट सच्चा क्रान्तिको पक्षमा नयाँ उर्जा प्राप्त भएको उस्ले महशुस गरयो । त्यसैले उस्ले सच्चा क्रान्तिकारी पार्टीको निर्माण हुनु पर्ने बिचार राख्थे । त्यस्तै उस्ले बिचार गर्थे ।
त्यसैले चितवनका साथी विष्णु घिमिरे, नरबहादुर खाँडलगायतका साथीहरूसित मिलेर सच्चा क्रन्तिकारी पार्टी खोज्ने सल्लाह भयो । यो २०३२÷२०३३ सालतिरको कुरा हो । त्यस्तो पार्टी खोज्ने जिम्मा उनलाई दिइयो । काठमाडौमा निकै प्रयास गरेपछि एकजना जनगायक मार्फत सम्पर्क प्राप्त भयो । पहिले नेकपा को के र पछि मालेसित सम्पर्क भयो र चितवन जिल्लामा माले पार्टी स्थापना भयो ।
२०३१ साल असारमा कल्याणपुरमा कान्छो छोरो रविनको जन्म भएको थियो । भरतपुरबाट उनको सरुवा वीरगञ्ज, गौर हँुदै विराटनगरमा भयो । २०३२ सालमा उनको सरुवा काठमाडौँँमा भयो । विराटनगरबाट काठमाडौँँ ‘सरुवा भएर जाने हवाइ जहाजमा यात्रा गर्दा कान्छो छोरा रविन आनन्दसँग हवाइ जहाजमा निदाएको उनी झल्झली सम्झन्छन् ।
काठमाडौँँमा गएको वर्षमा उनी साथीहरू (खासगरी पुरुशोेत्तम शर्मा,सोमनाथ घिमिरे (बरिष्ट पत्रकार) दिपेन्द्रबहदुर क्षेत्री (पुर्ब गर्भनर,नेराबैँक) रणबहादुर बम (सर्बोच्च अदालतका न्यायधीस) लगायतका साथीहरु) को सहयोग र सल्लाहमा एम ए परीक्षाको तयारीमा लागे । उनको योजना त ५ वर्षमा एम ए पास गरिएला भन्ने थियो । तर त्यसै वर्ष एम एको प्राइभेट पूरा परीक्षा दिएर पास भएको थियो ।
काठमाडौँँमा २०३२ देखि २०३६ सम्म सेवा गरेको समयमा उनले बल्ल बल्ल भारतको बम्बईमा वीमा बारेको तालिममा भाग लिने मौका पाए, जागिरमा प्रबेश गरेको झण्डै १३ वर्षपछि ।
उन्ले २०२७सालमा नुवाकोट त्रिसलिमा उपशाखा प्रबन्धक र २०२८ देखि २०३०सम्म भरतपुर चितवनमा उपशाखा प्रबन्धक भएर सेवा गरे । २०३६ सालमा उनको सरुवा शाखा प्रबन्धकको रूपमा नवलपरासीमा भयो । शाखा प्रबन्धकको रूपमा उनले परासी, गौर, भैरहवा, वीरगञ्ज, काठमाडौँँ र हेटौडामा सेवा गरे ।
२०३८ ।८।१०मा उस्लाई गौरबाट कृषि बिकास बैकको अन्चल कार्यालय पोखरा (गण्डकी र धौलागिरी हेर्ने गरी)मा अन्चल प्रबन्धको पदमा सरुवा गरिएको थियो । उस्को क्षमतालाई नजिकबाट नियालेर चिन्ने तत्कालिन बैकको तालिम केन्द्रका उप महाप्रबन्धकको प्रस्ताबमा उच्चस्तरको निर्णयबाट उस्लाई अन्चल प्रबन्धकको महत्वपुर्ण जिम्मेवारीमा खटाइएको थियो ।
अन्चल प्रबन्धक भएको बेलामा उस्ले नेपाल सरकार क्षेत्रिय स्तरका निर्देशकहरु सित हार्दिकताकासाथ काम गर्न मौका पाए । यो उस्को जीबनको स्तर उन्नति सरह थियो ।
त्यसबेला उस्ले कृषि निर्देशनालय,पशु निर्देशनालय,कृषि सामाग्रि सँस्थान,सहकारी क्षेत्रिय कार्यालय लगायतका निर्देशकहरु सित अन्चल भरी भ्रमण गरेर त्यहाको बस्तुस्थितिको अध्येयन,बिश्लेषण गरेर कृषि कर्जालाई कसरी सदुपयोग गराउने भन्ने बारेमा कार्यक्रम सँयोजनको लागि सँयोजकको पनि महत्वपुर्ण भुमिका खेलेकाथिए ।
उ भैरहवामा हुँदा सि यस आई (यस बि पि ) कार्यक्रम जि टि जेडको सहयोेगमा त्यहा सँचालिन थियो ।उस्ले जि टि जेडका प्रमुख भैरहवा आएको बेलामा बैँकका कर्मचारीहरुको लागि उ समक्ष बैदेशिक तालिकको लागि प्रस्ताब गरे । ति जर्मन जि टि जे ड का प्रमुखले भने “ तपाईको प्रस्ताब ठीक छ ।म प्रपोजल बनाएर स्विकृत गराउनेछु र तपाईहरुलाई तालिममा पठाउनेछु । ” उस्ले गरेको त्यो प्रयास अनपेक्षिरुपमा सफल भएकोमा उ आफै छक्क परेको थियो । त्यस समयमा उ लगायत अन्यबैँकका साथीहरुसमेतको ठुलो समुहमा उ फिलिपिन्सको तालिममा सामेल भएको थियो ।
बीरगन्ज शाखामा छँदा बैकको शाखाहरुमध्यमा सर्बोकृष्ठ काम गरेको आधारमा उस्लाई काठमाडाँैमा सरुवा भएपछि थाइलैन्ड, सिँगापुरमा तालिममा भाग लिन पठाईएको थियो । त्यस भ्रमणको केही सँस्मरण “साबिती बयान”मा सँकलित छन ।
२०४६सालमा उनी बीरगन्ज शाखाबाट काठमाडौँँ शाखामा सरुवा भए । काठमाडौमा कार्यरत रहँदा काठमाडौँँमा बसोबास बारेमा बुझ्न सजिलो भयो । २०४८÷४९मा कुलेश्वरमा घर सल्लाहमा घर किन्न सकियो ।
हेटाँैडा शाखामा उस्ले शाखाप्रबन्धक भएको बेलामा २०४८ माघमा स्वेच्छिक अवकासको लागि निवेदन दियो । २०४८ चैतमा राजिनामा स्वीकृत भयो । राजिनामा स्विकृत भएको जानकारी फयाक्स मेसिन बजेकोबाट उस्ले थाहा पायो । पत्र चेक गरयो । उस्को राजिनामाको स्विकृती पत्र रहेछ ।उ आफुबसेको शाखा प्रबन्धको मेचबाट जुरुक्क उठयो ।अगाडिको सोफामा गएर बस्यो । अरु कर्मचारी साथीहरुलाई बोलायो र आफनो अबस्थाको बारेमा जानकारी गरायो । बरबुझारथको बिबरण तयार पार्न भन्यो र पछि बिदाई कार्यक्रममा आउने गरी उ त्यसैदिन नारायणगढ प्रस्थान गरयो । करिब १ हप्ता नारायणगढमा बसेको बेलामा उनले “घरविनाको घर” कथा लेखेको थियो ।
२०४९ वैशाख १४ मा पहिलेको सल्लाह भएअनुसार उनी काठमाडौ त्रिपुरेश्वरस्थित स्वावलम्बन विकास केन्द्रमा तालिम उपनिर्देशकको रूपमा कामगर्न प्रवेश गरे ।
कृषि विकास बैङ्कमा साना किसान विकास आयोजनाबाट सञ्चालित कार्यक्रम र अन्य कार्यक्रममा उनले साना किसानको हितमा काम गरेर सामाजिक सङ्गठकको रूपमा काम गरे जस्तै स्वावलम्बन विकास केन्द्रमा पनि सामाजिक अभियन्ताको रूपमा काम गरे ।
सचेतना, सङ्गठन र सशक्तीकरणमा काम गरेर उनले ग्रामीण तथा सहरी गरिबी निवारणको लागि लघुवित्त कार्यक्रमको तालिम निर्देशक भएर काम गरे । उस्ले विभिन्न सङ्घ, संस्थाहरूलाई तालिम प्रदान गर्ने र सामुदायिक कार्यक्रमको संयोजक भएर उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
स्वावलम्बन विकास केन्द्रमा सेवारत रहँदा उनले तालिमको सिलसिलामा श्रीलङ्का, जापान, बङ्गलादेश, भारत, फिलिपिन्स आदि देशको भ्रमण गर्ने अबसर पाए । श्रीलँकामा ३ महिनाको अबलोकन अध्ययन भ्रमणमा जाँदा उन्ले “टापुमा तैरिँदा” नियात्रा २०६६ सालमा प्रकाशन गरेकोछ ।
स्वदेशका मेचीदेखि महाकालीका धेरै जिल्लाहरूको पनि उस्ले भ्रमण गरेका छन् । उनले पारिवारिक भ्रमणमा अमेरिका र बेलायत भ्रमण गर्दा उन्को “ झझल्को” र “अमेरिकामा ९० दिन” नियात्रा सङ्ग्रह नामक पुस्तक हालै प्रकाशन भएको छ । यस्को साथै आत्मपरक निबन्धकोरुपमा सँस्मरण सँग्रह “साबिती बयान” पनि हालै प्रकाशन भएकोछ ।
कृषि विकास बैङ्कमा छँदा उनको जीवनमा कहिले पनि स्थायित्व भएन ।उस्को बसाइको, लेखाइको र सम्पूर्ण जीवनको स्थायित्व भएन । स्वाबलम्बन बिकास केन्द्रमा प्रबेश गरेपछि अर्थात काठमाडौको बसाई पछि मात्र उस्को जीबनमा बल्ल स्थायित्व देखियो ।
२०५४ साल माघ १९ गते श्रीपञ्चमीका दिनमा कुलेश्वरमा आफ्नो निवास निर्माण भएर सरेपछि उनको जीवनमा स्थायित्व भएको हो । उनले त्यस घरमा बसेपछि पुस्तकहरू लेख्न सकेका छन् ।
उस्ले अहिले सामाजिक क्षेत्रमा निस्फिक्रीसँग काम गर्न पाएका छन् । साहित्य सन्ध्याको अध्यक्ष, तत्कालिन जन सहित्यिक मन्च,नेपाल र पछि जनसाहित्य लेखक सङ्घको संयोजक भए । हाल अर्थात २०७८ चैत्र १९को तेश्रो राष्ट्र्यि सम्मेलनले उस्लाई पुन राष्ट्रिय जन सहित्यिक सङ्घ, नेपालको केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचन गरेकोछ । त्यस जिम्मेवारीमा उनी हाल सक्रिय रूपमा लागेका छन ।
कुलेश्वर आवास परिवार कल्याण संस्थाका आजीवन सदस्य भएका उनी त्यस संस्थाको साहित्य कला संस्कृति समाजको संयोजकको रूपमा कृयाशील छन् ।
उनी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य,प्रगतिशील लेखक सङ्घको सल्लाहकार हुन । हालै उनी नेकपा एमालेको साहित्य, कला ,सँस्कृति बिभागको सदस्य भएर जिम्मेवारीमा रहेकाछन । यस बाहेक उ विभिन्न संस्थाहरूमा समेत आबद्ध रहेर कृयाशील भएको देखिन्छ ।
स्वास्थ्य सम्बन्धि केही कुरा
उनी सानो छँदा कौसीको बोटबाट खसेर बेहोस भएर स्थानीय चिकित्सा पद्धतिबाट उपचार भएको (त्यसबेलाको घाउको टाटो टाउकोमा अहिले पनि छ) र त्यसबाट बचेको ।
बि श २०३१ सालमा वीरगञ्जमा छँदा भदौ महिनाको वर्षामा रुझेको र चिसो लागेर रुघाखोकी, ज्वरो बढेको र क्रोनिक ब्रोन्काइटिस भै उपचार गरेको, २०३४÷३५सालमा प्ल्युलिसिर भएर ३ महिनासम्म ९० ओटा सुई लगाउनु परेर १८ महिनासम्म टिबीको औषधी सेवन गर्नु परेको, २०४५सालमा युिरक एसिड बढेर औषधी सेवन गर्नु परेको थियो । हाल उच्च रक्तचापको, पोस्टेट ग्यान्ड र थाइरेडको औषधी सेवन गर्नु परेको छ ।
बि श २०७७ असौजमा उ पनि कोरोनाको सँक्रमणमा परे ।उस्लाइ पहिले बि एण्ड बि मा र पछि ह्याम्स अस्पटालमा आई सि यु मा राखेर उपचार गर्नुपरेको थियो । उस्लाई त्यस बेला उस्लाई उन्का छोरी जुवाईहरु र छोरा बुहारीहरुले ध्यानपुर्बक उपचार गरेर बचाएको थियो र उ मृत्युको मुखबाट फर्केको थियो ।
त्यसै बेला उन्ले आफना पिता धर्म कुमार श्रेष्ठ र २ जनाभाईहरु (कृष्ण कुमार र बिष्णु कुमारश्रेष्ठ)लाई कोरोनाको कारणले गुमाउनु परेको दुखद घटनाको स्मण गर्छ । यसबारेमा उस्ले आफनो लेख “बज्रपात” लेखेकोछ । त्यस लेख जनमत मासिक पत्रिका २०७८मार्ग महिनामा प्रकाशित भएकोछ । साथै जनमत अनलाईनमा२०७८माघ १४मा समेत प्रकाशित भएकोछ ।